सर्वोच्च अदालतको मुद्दा फाँटमा विद्युत् सर्ट भएर आगलागी

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार ११:०४

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा मंगलबार राति विद्युत् सर्ट भएर आगलागी भएको छ। आगलागीबाट मुद्दा फाँटमा रहेका टेबल, कुर्सी र तीनवटा कम्प्युटरमा क्षति पुगेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

‘गएराति विद्युत् सर्ट भएर आगलागी भए पनि महत्वपूर्ण मिसिल तथा फाइल सुरक्षित छन्,’ प्रवक्ता कोइरालाले भने, ‘ढोका बन्द रहेको अवस्थामा आगलागी भएकाले विद्युत् सर्ट भएर आगलागी भएको कुरा कार्यालय खुलेपछि मात्रै जानकारी भयो।’

Advertisement

२०८२ भदौ २४ गतेको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गर्दै आएको छ। अहिले निर्माणाधीन भवनको एउटा भागमा इजलास र प्रशासनसम्बन्धी काम सञ्चालन भइरहेको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार कि गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
यूएनडीपीको गाडीको ठक्करमा रास्वपा सांसदको गाडी
मोरङमा धानखेतको आली हुँदै नेपाल भित्राउँदै गर्दा सात हजार चल्ला बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×