
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् ।
संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक राष्ट्रपति पौडेलले आज (बुधबार) प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।



















