सुरुङभित्र उद्धार अभियान तीव्र, १० शव भेटिँदा ३ जनाको जीवितै उद्धार

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १८:१६

काठमाडौं । रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा बाढीपछि फसेकाहरूको खोज तथा उद्धार अभियान जारी रहँदा अहिलेसम्म १० जनाको शव फेला परेको छ भने तीन जनालाई सकुशल उद्धार गरिएको छ ।

रसुवाको चिलिमे हाइड्रोपावर आयोजनाको सुरुङमा फसेका ८ जनामध्ये बुधबार चार जनाको शव र एक मानव अंग फेला परेको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा भारतीय टनेल विशेषज्ञसहितको टोलीले पानी निरन्तर आइरहेको जोखिमपूर्ण सुरुङमा खोजी गरिरहेको छ ।

Advertisement

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गोताखोर टोली सुरुङभित्र करिब १३० मिटर प्रवेश गरी शव तथा मानव अंग बाहिर निकाल्न सफल भएको हो । उनका अनुसार सुरुङभित्रबाट चारवटा शव र एउटा मानव अंग निकालिएको छ ।

चीनको ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका ११ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार ती आयोजनाका सुरुङमा मानिसहरू फसेका छन् । नेपाली सेनाको नेतृत्वमा हाल ६ वटा आयोजनामा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ ।

गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङबाट यसअघि ड्रोनको सहायताले खोजी गर्दा दुई जनाको शव फेला परेको थियो । त्यस्तै लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव भेटिएको थियो । चिलिमेमा चार शव र एउटा मानव अंग तथा त्रिशूली–३ ए जलविद्युत आयोजनामा एक जनाको शव भेटिएको छ ।

उद्धार टोलीले विभिन्न आयोजनाका सुरुङबाट तीन जनालाई भने जीवितै बाहिर निकालेको छ । भदौ १९ गते त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङबाट सञ्जय साह र कबिर महर्जनको सकुशल उद्धार गरिएको थियो । भदौ २० गते माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्र करिब २२५ मिटर गहिराइमा फसेका चिनियाँ नागरिक लुआइतोलाई पनि जीवितै उद्धार गरिएको थियो । रसुवागढी जलविद्युत आयोजनाबाट सुरुमा दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

यसैबीच, चिलिमे जलविद्युत आयोजनाको पावरहाउस क्षेत्रमा पनि उद्धार टोलीले खोजीलाई तीव्र बनाएको छ । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनामा उद्धारका लागि नेपाली सेनाले स्याफ्रुबेँशीदेखि चिलिमेसम्म भारी उपकरण लैजान बाटो निर्माण गरेको थियो । सुरुङभित्रको पानीको बहाव र भौतिक संरचनाका कारण उद्धार कार्य भने चुनौतीपूर्ण बनेको छ ।

तपाइको प्रतिक्रिया
कबाडीमा ठूलो खेल : अर्बौंको कारोबार, हराउँदै भ्याट
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
सुरुङभित्र उद्धार अभियान तीव्र, १० शव भेटिँदा ३ जनाको जीवितै उद्धार
आमालाई ६ महिना प्रसूति र बुवालाई ४२ दिनसम्म स्याहार बिदा दिने तयारी
मन्त्रिपरिषद्का ६ निर्णयः डिजिटल शासनदेखि सचिव बढुवासम्म
अख्तियारका कर्मचारीद्वारा बाढीपीडितका लागि ६१ लाख
कांग्रेसको १५औँ महाधिवेशनमा ६ हजार ५२८ प्रतिनिधि सहभागी हुने
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण
सुनखानी भत्किँदा कम्तीमा ६० जनाको मृत्यु
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×