शवको संख्या १,४०९ पुग्यो

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार ०७:५९

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी र शव व्यवस्थापनको काम जारी रहे पनि मानवीय क्षतिको संख्या ठूलो देखिएको छ । हालसम्म शवको संख्या १ हजार ४०९ पुगेको छ । बिहीबार बिहान ५ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट १ हजार ४०९ जनाको शव फेला परेको हो ।

नेपाल प्रहरीका अनुसार रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । यस्तै, काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइएको छ । हालसम्म १ हजार २३७ शव व्यवस्थापन गरिएको छ । पहिचानको प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९१४ गरी कुल ३ हजार २०० वटा डीएनए नमुना संकलन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ९७९ जनालाई राखिएको छ । बेपत्ताको खोजी, उद्धार तथा राहतको कामसँगै शव पहिचान र व्यवस्थापनलाई पनि तीव्रता दिइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
‘भोटेकोशी बाढीलाई सामान्य हिमाली बाढीका रूपमा मात्र बुझ्न हुँदैन’
कांग्रेसमा बदलिँदै समीकरण, देउवा पक्षका नेता गगनतिर
संसदीय विशेष समिति गठनको खाका अझै टुंगिएन
एमाले पुनर्गठन कार्यदलमै बढ्यो मतभेद, प्रतिवेदन अल्झिँदा केन्द्रीय समिति बैठक अन्योलमा
दुई महिनामा १ खर्ब ८४ अर्ब राजस्व, लक्ष्यभन्दा ३० अर्ब कम
कारबाट ४ वटा पेस्तोल र गोली बरामद
२ सयको खरिदमै १० लाखको उपहार, भदौका करदाता प्रोत्साहन उपहार घोषणा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×