साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १०:४७

काठमाडौं । देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिन केही नदी तथा खोलामा जलसतह उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल छ।

Advertisement

असोज १ देखि ३ गतेसम्म कोशी जलाधारका चतरास्थित सप्तकोशी, त्रिवेणीको तमोर, सिम्लेको अरुण र खुवाबजारको दूधकोशी नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। बुस्तीस्थित तामाकोशीमा बिहीबार सामान्य वृद्धि भए पनि असोज २ र ३ गते जलसतह उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ। हम्पचुवारस्थित सुनकोशीमा पनि तीनै दिन जलसतह उल्लेख्य बढ्ने सम्भावना छ।

नारायणी जलाधारका देवघाटस्थित नारायणी, बेत्रावतीको त्रिशूली, आरुघाटको बूढीगण्डकी, विमलनगरको मर्स्याङ्दी, दमौलीको सेती र कुमालगाउँको कालीगण्डकीमा असोज १ देखि ३ गतेसम्म जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ।

कर्णाली जलाधारका चिसापानी र असाराघाटस्थित कर्णाली, समजिघाटको भेरी तथा दिपायलको पश्चिम सेतीमा आगामी तीन दिन जलसतह सामान्य रूपमा बढ्नेछ। पारिगाउँस्थित महाकाली नदीमा भने तीनै दिन जलसतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।

अन्य नदीतर्फ मैनाचुलीको कन्काई र बेलसोतको कमला नदीमा आगामी तीन दिन बहाव सामान्य रूपमा बढ्नेछ। पधेरादोभानको बागमती र रजैयाको पूर्वी राप्तीमा असोज १ गते जलसतह उल्लेख्य बढे पनि असोज २ र ३ गते सामान्य वृद्धि हुने अनुमान छ। कुसुमको पश्चिम राप्ती र चेपाङको बबईमा पनि आगामी तीन दिन बहाव सामान्य रूपमा बढ्नेछ।

महाशाखाका अनुसार बिहीबार ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

असोज २ गते सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ। असोज ३ गते कोशी र मधेश प्रदेशका केही साना नदीमा पनि आकस्मिक बाढीको सम्भावना रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
‘भोटेकोशी बाढीलाई सामान्य हिमाली बाढीका रूपमा मात्र बुझ्न हुँदैन’
कांग्रेसमा बदलिँदै समीकरण, देउवा पक्षका नेता गगनतिर
संसदीय विशेष समिति गठनको खाका अझै टुंगिएन
एमाले पुनर्गठन कार्यदलमै बढ्यो मतभेद, प्रतिवेदन अल्झिँदा केन्द्रीय समिति बैठक अन्योलमा
दुई महिनामा १ खर्ब ८४ अर्ब राजस्व, लक्ष्यभन्दा ३० अर्ब कम
कारबाट ४ वटा पेस्तोल र गोली बरामद
२ सयको खरिदमै १० लाखको उपहार, भदौका करदाता प्रोत्साहन उपहार घोषणा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×