३३४ पदमा नेपाल प्रहरीको नयाँ भर्ना, असईमा २११ जनाको माग

Share this
621shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २, शुक्रबार ०८:१४

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदका लागि ३३४ जना जनशक्ति माग गरेको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीमा पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न लागिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ । जनपदतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदमा २११ जना माग गरिएको छ । प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना गरी १२३ पदमा आवेदन माग गरिएको छ ।

इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । भर्तीसम्बन्धी आवश्यक योग्यता, परीक्षा प्रक्रिया तथा अन्य विवरणसमेत सूचनामा उल्लेख गरिएको छ ।

हेरौं सूचना

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.