संखुवासभा जिल्ला अस्पतालको पर्खाल भत्किँदा तीन घर जोखिममा

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १०:२०

संखुवासभा । अविरल वर्षाका कारण जिल्ला अस्पताल संखुवासभाको कम्पाउण्ड वाल भत्किँदा तीन घर उच्च जोखिममा परेका छन्। बिहीबार राति करिब २० मिटर अग्लो र २० मिटर लामो पर्खाल भत्किएपछि अस्पताल आसपासका घर जोखिममा परेका हुन्। पर्खाल भत्किएसँगै मित्रबहादुर गुरुङ, मौसम श्रेष्ठ र राज श्रेष्ठको घर जोखिममा परेको छ।

वर्षा निरन्तर भइरहेकाले पर्खालको बाँकी संरचनासमेत भत्किन सक्ने र थप क्षति हुनसक्ने स्थानीयले बताएका छन्।

Advertisement

पीडित मित्रबहादुर गुरुङका अनुसार कम्पाउण्ड वाल कमजोर हुँदै गएको र जुनसुकै बेला भत्किन सक्ने अवस्थाबारे अस्पताल प्रशासनलाई पटक–पटक जानकारी गराइएको थियो।

समयमै आवश्यक सावधानी र मर्मतसम्भार नगरिँदा अहिले पर्खाल भत्किएर घरहरू नै जोखिममा परेको उनले बताए।

पर्खाल भत्किएपछि जोखिममा परेका घर तथा परिवारको सुरक्षाका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने उनको माग छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×