
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ सुब्बाचोककी ४० वर्षीया मनिला राई नौ दिनदेखि बेपत्ता भएकी छन् । भदौ २३ गते घरबाट निस्किएकी राई त्यसयता परिवारको सम्पर्कमा नआएको उनका दाजु सोमबहादुर राईले बताए ।
मनिलाको खोजीका लागि परिवारले आफन्त तथा सम्भावित स्थानमा खोजी गर्नुका साथै इलाका प्रहरी कार्यालयमा समेत जानकारी गराएको छ । मानसिक अवस्था कमजोर रहेकी मनिला घरबाट निस्किएपछि बिर्तामोड पश्चिम स्टेन्ड आसपासमा देखिएको जानकारी पाए पनि त्यसपछि उनको अवस्था अज्ञात रहेको दाजु सोमबहादुरले बताए ।
मनिला घरबाट निस्कँदा मेहेन्दी रङको कुर्ता–सुरुवाल लगाएकी थिइन् । उनको उचाइ करिब ५ फिट रहेको परिवारले जनाएको छ । परिवारले मनिलालाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिलाई नजिकैको प्रहरी कार्यालय वा उनका दाजु सोमबहादुर राईको मोबाइल नम्बर ९८१४०२८५६७ मा सम्पर्क गरिदिन आग्रह गरेको छ ।

























