कार्कीको कटाक्ष– ‘लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामना’

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १८:५१

विराटनगर । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी सभापति गगन थापा नेतृत्वमा अघि बढिरहेको कांग्रेसको महाधिवेशनप्रति कटाक्ष गरेका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले वर्तमान कांग्रेस नेतृत्वले अघि बढाएको अधिवेशनबाट ‘संगठित पार्टी’ निर्माण हुन नसक्ने टिप्पणी गरेका हुन् । ‘लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामना,’ उनले फेसबुकमा लेखेका छन् ।

Advertisement

कार्कीले क्रियाशील सदस्यताको छानबिनको विषय उठाउँदै विगतमा अधिवेशन रोकिएको प्रसंगसमेत जोडेर प्रश्न गरेका छन् । उनले तत्कालीन सहमहामन्त्री महेन्द्र यादवले क्रियाशील सदस्यता छानबिन गर्न तीन महिना लाग्ने भन्दै नियमित अधिवेशन रोकिएको दाबी गरेका छन् ।

‘तत्कालीन सहमहामन्त्री महेन्द्र यादवले क्रियाशील छानबिन गर्न तीन महिना लाग्छ भनेर नियमित अधिवेशन रोकेको होइन र ? अहिले क्रियाशील छानबिन भएछ त ?’ उनले प्रश्न गरेका छन् । कार्कीले नेतृत्वको निर्णयमा प्रश्न नउठाई निर्देशनअनुसार ताली बजाउने कार्यकर्ताबाट हुने अधिवेशनले पार्टीलाई संगठित बनाउन नसक्ने टिप्पणीसमेत गरेका छन् ।

‘जसोजसो उर्दी गर्‍यो, उसैउसै ताली बजाउने दासबाट भएको अधिवेशनले संगठित पार्टी बन्दैन, पार्टी मात्र बन्छ,’ उनले लेखेका छन् ।

कार्की लामो समयदेखि थापा नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका छन् । पछिल्लो समय उनले थापा नेतृत्वको कांग्रेसप्रति सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन् । केही दिनअघि एक सञ्चारमाध्यमसँगको कुराकानीमा पनि उनले थापा नेतृत्वमा कांग्रेस एक हुन नसक्ने दाबी गर्दै आफू पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्ने महाधिवेशनमा सहभागी हुने बताएका थिए ।

कांग्रेसले भने १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ । सभापति थापाले संविधान, पार्टी विधान र अदालतको फैसलाका कारण महाधिवेशन निर्धारित समयमै हुने बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
कार्कीको कटाक्ष– ‘लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामना’
अदालत भित्रैबाट बिचौलिया पक्राउ
मोरङमा ९६ किलो गाँजासहित पक्राउ परेकाहरू धरौटीमा छुटे, अनुसन्धान र अभियोजनमा गम्भीर प्रश्न
विवाद समाधान गरी एकताको महाधिवेशन गर्न माग
प्रशासनको प्रतिबन्धलाई चुनौती : विराटनगरमा खुलेआम घन्किँदै डिजे
१३ देशका लागि राजदूत सिफारिस
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने
विदेशी चलखेलका कारण मुलुक संकटमाः नेपाल
मौलिक हक कार्यान्वयनका बाँकी कानुन निर्माणलाई प्राथमिकता दिएका छौँ : मन्त्री गौतम
सरकारविरुद्ध आन्दोलनको तयारीमा छौँ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×