छठ मनाउन गगन सर्लाही, रवि जनकपुरमा

Share this
621shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १४:२३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा पत्नी अञ्जना केसीसहित छठ पर्व मनाउन सर्लाही पुगेका छन् ।

आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका थापाले छठघाटमा पूजापाठ तथा दर्शन गरेका छन् । उनी आइतबार राति वीरगन्ज पुग्ने र सोमबार बिहान विभिन्न छठघाटमा पुगेर व्रतालु तथा श्रद्धालुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

वीरगन्ज बसाइका क्रममा उनले स्थानीयसँग अन्तरक्रिया गर्ने, प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रममा सहभागी हुने र निर्माणाधीन सामुदायिक स्वास्थ्य केन्द्रको अवलोकन गर्नेछन् । सोमबार साँझ उनी काठमाडौं फर्किने कार्यक्रम छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पत्नी निकिता पौडेलसहित छठ पर्व मनाउन जनकपुरमा छन् । उनी पनि सोमबार काठमाडौं फर्किनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.