संविधानमाथि सरकारबाटै आक्रमण भइरहेको छ : आङ्देम्बे

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३, शनिबार ०९:२४

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शनिबार जारी शुभकामना सन्देशमा आङ्देम्बेले संविधान संशोधनका नाममा यसको मूल मर्ममाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने बताएका हुन् । उनले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्नसमेत माग गरेका छन् ।

Advertisement

संविधान संशोधनलाई सत्ता स्वार्थको विषय बनाउन नहुने भन्दै उनले बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गरी राष्ट्रिय सहमतिका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन् । ‘त्यसैले त्यस्तो प्रतिवेदनलाई खारेज गरौँ । संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाऔँ । बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरौँ,’ उनले भनेका छन् ।

संविधान संशोधनका लागि गठन गरिएको कार्यदलको क्षेत्राधिकार र संविधानका आधारभूत मूल्य–मान्यतामाथि हस्तक्षेप हुन सक्ने भन्दै विभिन्न राजनीतिक दलले लिखित असहमति जनाएका थिए । कार्यदलले भने विभिन्न विज्ञ, राजनीतिक दल, संस्था तथा नागरिकबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ ।

आङ्देम्बेले संविधान कार्यान्वयनको प्रश्न पनि उत्तिकै गम्भीर रहेको बताएका छन् । ‘संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि बलमिच्याइँ भइरहेको अनुभूति भइरहेको छ । यो गम्भीर विषय हो,’ उनले भनेका छन् ।कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले संवैधानिक अंगलाई कार्यपालिकाको कारिन्दा निकायमा परिणत गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन् ।

‘नेपाली कांग्रेसलाई संविधानमाथि चौतर्फी आक्रमण सरकारबाटै भइरहेको प्रतीत भएको छ,’ आङ्देम्बेले भनेका छन्, ‘सरकारको ध्यानाकर्षण गर्छु कि संविधानको हुर्मत नलिइयोस् । संविधानको मर्ममाथि खेलवाड नगरियोस् । संवैधानिक संस्थाको गरिमा नघटाइयोस् । व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गरियोस् ।’ उनले आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने भए पनि संशोधनका नाममा संविधानको मूल मर्ममाथि प्रहार गर्न नहुने बताएका छन् ।

तपाइको प्रतिक्रिया
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×