फाइल फोटो ।विराटनगर । झापाको झापा गाउँपालिका–४ भामटोलीस्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ ।
राजगढबाट झापाबजारतर्फ जाँदै गरेको भारतको बीआर ३७ एडी ३९१९ नम्बरको मोटरसाइकल शनिबार साँझ अनियन्त्रित भई सडक छेउमा राखिएको गोरुगाडामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा भारतको किशनगन्ज जिल्ला, सिंघिमारी कर्हबरी बस्ने २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा उनको छातीमा गम्भीर चोट लागेको थियो । बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । यमिनीको उपचारका क्रममा शुक्रबार साँझ ७ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको पत्ता लागेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
























