भोटेकोशी बाढी : १ हजार ४३६ शव फेला, ४ हजार ६५५ अझै बेपत्ता

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार ०९:१५

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा मृतकको संख्या बढ्दो क्रममा रहेको छ । आइतबार बिहान ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४३६ जनाको शव फेला परेको छ भने ४ हजार ६५५ जना अझै बेपत्ता छन् ।

प्रहरीका अनुसार रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । यसबाहेक काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

Advertisement

फेला परेका शवको पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी ३ हजार २८३ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ ।

पहिचान प्रक्रिया पूरा गरेर हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेका १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ३७२ जनालाई राखिएको छ । बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएपछि खोजी, पहिचान र शव व्यवस्थापनको कामलाई तीव्रता दिइएको छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई चिनियाँ सहयोग
जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता
कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश चीनतर्फ
सनाखत हुन सकेनन् त्रिशूली-१ सुरुङबाट निकालिएका २४ शव
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
असोज ८ देखि भारी वर्षाको चर्चा, मौसमविद् भन्छन्–अहिल्यै ठोकुवा गर्न सकिँदैन
लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै
विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै
एसियाड क्रिकेट टोलीको बिदाइ
एसियाड क्रिकेट टोलीको बिदाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×