५० हजारभन्दा बढी बाढी प्रभावितलाई हैजाविरुद्धको खोप

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार ०९:४०

नुवाकोट । बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न नुवाकोटमा सञ्चालन गरिएको हैजाविरुद्धको खोप अभियानमा ५० हजार ४६७ जनाले खोप लिएका छन्। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा अभियान सञ्चालन गरिएको हो।

जनस्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बाढी प्रभावित विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको छ। कार्यालय प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा. अञ्जु कार्कीका अनुसार जोखिमयुक्त क्षेत्रमा रोगको प्रकोप रोकथामका लागि आपत्कालीन रूपमा खोप अभियान सञ्चालन गरिएको हो। उनले खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिन आग्रह गरिन्।

Advertisement

बाढी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा दिसाजन्य प्रदूषणको सूचक जीवाणु ई–कोलाई भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढेको कार्यालयले जनाएको छ। बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न स्थानमा मानवीय तथा पशुचौपायाको क्षति हुनुका साथै ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका छन्। होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाइको अवस्था चुनौतीपूर्ण बनेकाले हैजालगायतका पानीजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन्।

अभियानअन्तर्गत एक वर्ष उमेर पूरा भएका सबैलाई खोप उपलब्ध गराउने व्यवस्था गरिएको छ। बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र होल्डिङ सेन्टरमा निःशुल्क खोप उपलब्ध गराइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। सार्वजनिक बिदाका दिनसमेत खोप लगाउने व्यवस्था गरिएको छ।

हैजाको जोखिम उच्च रहेको विदुर नगरपालिकामा ५९ हजार २५४ जनालाई खोप लगाउने लक्ष्य रहेकामा हालसम्म ४० हजार २९१ जनाले खोप लगाएका छन्। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले खोप लगाउन बाँकी रहेका बासिन्दालाई नजिकको स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन आग्रह गरे।

स्वास्थ्यकर्मीले खोपसँगै उमालेर वा शुद्धीकरण गरेर सुरक्षित पानी पिउने, साबुनपानीले नियमित हात धुने, खाना सफा राख्ने तथा घर, टोल र आसपासको वातावरण सफा राख्न आग्रह गरेका छन्। कडा झाडापखाला वा हैजाका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन पनि उनीहरूले आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई चिनियाँ सहयोग
जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता
कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश चीनतर्फ
सनाखत हुन सकेनन् त्रिशूली-१ सुरुङबाट निकालिएका २४ शव
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
असोज ८ देखि भारी वर्षाको चर्चा, मौसमविद् भन्छन्–अहिल्यै ठोकुवा गर्न सकिँदैन
लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै
विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै
एसियाड क्रिकेट टोलीको बिदाइ
एसियाड क्रिकेट टोलीको बिदाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×