एउटै सुरुङबाट निकालियो २४ शव

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार ११:०१

काठमाडौं । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट शनिबारसम्म २४ वटा शव निकालिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजीका क्रममा ती शव फेला परेका हुन्।

खोजी तथा उद्धार टोलीले शनिबार पनि अडिट–३ सुरुङ क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिएको छ। सुरुङको अपस्ट्रिमतर्फ रहेको स्टिल ग्यान्ट्री फर्मवर्क हटाउने क्रममा करिब २०० किलो स्टिल सामग्री हटाएर खोजीका लागि आवश्यक ठाउँ तयार गरिएको छ।

Advertisement

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्टिल तथा रिबारभित्र फसेका सामग्री र भग्नावशेष हटाउँदै खोजी गरिरहेको छ। खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र आयोजनाका गरी ४४ जना परिचालन भएका छन्।

डाउनस्ट्रिमतर्फ खोजीका लागि सर्च डगको टोलीसमेत परिचालन गर्ने तयारी गरिएको छ। मैलुङ क्याम्प क्षेत्रमा थप एउटा एक्स्काभेटर प्रयोग गरी भग्नावशेष हटाउने तथा सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ।

उपलब्ध मेसिन तथा जनशक्ति परिचालन गरेर सुरुङ क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखिएको आयोजनाले जनाएको छ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई चिनियाँ सहयोग
जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता
कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश चीनतर्फ
सनाखत हुन सकेनन् त्रिशूली-१ सुरुङबाट निकालिएका २४ शव
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
असोज ८ देखि भारी वर्षाको चर्चा, मौसमविद् भन्छन्–अहिल्यै ठोकुवा गर्न सकिँदैन
लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै
विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै
एसियाड क्रिकेट टोलीको बिदाइ
एसियाड क्रिकेट टोलीको बिदाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×