माथिल्लो त्रिशूली–१ बाट थप १३ शव निकालियो

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज ५, सोमबार ०९:२१

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा जारी खोज तथा उद्धारका क्रममा थप १३ वटा शव निकालिएको छ। आइतबार अडिट–३ बाट १३ शव निकालिएसँगै आयोजनाको सुरुङबाट हालसम्म ३७ वटा शव निकालिएको छ।

कम्पनीका अनुसार नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रिम हेडरेस टनेलभित्र कंक्रिटिङका लागि तयार पारिएको रेबरको जालमा अल्झिएका तथा हिलोमा ढल्किएको अवस्थामा रहेका शव निकालेको हो। निकालिएका शवलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बा स्वास्थ्य परिसरमा लगेर राखिएको कम्पनीले जनाएको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सर्च डगको टोली परिचालन गरी ग्राउन्ड सर्च जारी राखिएको छ। यस्तै, आयोजनाको दुईतर्फी टनेलमा मिनी एक्स्काभेटर प्रयोग गरेर पनि खोजी कार्य भइरहेको कम्पनीले जनाएको छ।

गत भदौ १० गते आएको बाढीका कारण माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत ४५८ जना सम्पर्कविहीन भएका थिए। बाढीपछि आयोजनाको सुरुङ तथा आसपासका क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.