राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न निर्देशन

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार ११:०२

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि कारबाही गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।

शिक्षक राजनीतिक गतिविधिमा संलग्न भएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी गर्न र संलग्न पाइए कारबाही गर्न निर्देशन दिएका हुन्।

Advertisement

शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनको नियम १३३ मा शिक्षकले कसैमाथि कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्न नहुने व्यवस्था छ। मन्त्रालयले शिक्षक राजनीतिक गतिविधिमा संलग्न हुनु उक्त व्यवस्थाविपरीत हुने जनाएको छ।

मन्त्रीको सचिवालयका अनुसार सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न पालिकाहरूलाई पत्राचार गरिएको छ। भएका कारबाहीबारे शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराउन पनि मन्त्रालयले भनेको छ। पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई दिइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×