भारी हिमपातले आरोहण प्रभावित

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १४:०२

गोरखा । मनास्लु हिमाल क्षेत्रमा लगातार भइरहेको वर्षा र भारी हिमपातका कारण यस वर्षको आरोहण प्रभावित भएको छ । मौसम प्रतिकूल बनेपछि केही आरोही आधार शिविरबाटै फर्किन थालेका छन् ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाका अनुसार करिब दुई सातादेखि मनास्लु क्षेत्रमा वर्षा र हिमपात निरन्तर भइरहेको छ । मौसममा सुधार आउने अपेक्षामा केही समय पर्खिए पनि अवस्था अनुकूल नबनेपछि आरोहीहरू फर्किन थालेका हुन् ।

Advertisement

उनका अनुसार मनास्लु आसपास करिब पाँच फिटसम्म हिउँ जमेको छ । सरकारले असोज ८ देखि १२ गतेसम्म समेत सतर्क रहन आग्रह गरेकाले आरोहीहरूले जोखिम लिन नचाहेको उनले बताए ।

स्थानीय व्यवसायी प्रबल लामाका अनुसार मनास्लु क्षेत्रमा पछिल्ला १२ वर्षयता यस्तो असामान्य मौसम देखिएको थिएन । उनका अनुसार आधार शिविरमा करिब तीन फिटसम्म हिउँ जमेको छ भने क्याम्प वान, क्याम्प टु र क्याम्प थ्री क्षेत्रमा सातदेखि आठ फिटसम्म हिउँ परिसकेको छ ।

‘यो वर्ष पानी रोकिएको छैन । हिमपात पनि अत्यधिक छ । यस्तो अवस्था यसअघि देखिएको थिएन,’ उनले भने । मौसमका कारण केही आरोही फर्किए पनि सबैले आरोहण अभियान स्थगित गरेका छैनन् ।

सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामाका अनुसार करिब १० प्रतिशत आरोही फर्किसकेको अनुमान छ । उनका अनुसार अघिल्ला वर्षमा पनि मौसमका कारण केही आरोही फर्किने गरे पनि यसपटक संख्या तुलनात्मक रूपमा बढी देखिएको छ ।

मनास्लु आठ हजार १६३ मिटर उचाइको विश्वकै चर्चित हिमालमध्ये एक हो । यस याममा करिब पाँच सय आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका छन् ।

गत वर्ष ६७ देशका ४१ समूहका ३६६ पुरुष र १२७ महिला गरी ४९३ आरोहीले मनास्लु आरोहणको अनुमति लिएका थिए । त्यसबाट नेपाल सरकारलाई २२ करोड ४८ लाख १४ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो ।

लगातारको हिमपात र जोखिमपूर्ण मौसमले आरोहण तालिका प्रभावित भएपछि यस वर्षको आरोहण अभियान मौसममा निर्भर बनेको छ । मौसममा सुधार आए पनि फर्किएका आरोहीहरू पुनः मनास्लु क्षेत्रमा फर्किने सम्भावना न्यून रहेको स्थानीयको भनाइ छ ।

तपाइको प्रतिक्रिया
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
नेपाल पाकिस्तानसँग पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×