झापामा सवारी दुर्घटना बढ्यो

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १६:२५
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

झापा । झापामा सवारी दुर्घटनाको संख्या बढ्दै गएको पाइएको छ । साउनको तुलनामा भदौमा दुर्घटनाको संख्या दोब्बरभन्दा बढी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साउनमा ३९ वटा सवारी दुर्घटना भएकामा भदौमा ८८ वटा दुर्घटना भएका छन् । साउनमा दुर्घटनामा परी १२ जनाको मृत्यु भएकामा भदौमा चार जनाले ज्यान गुमाएका छन् ।

Advertisement

साउनमा ४० जना घाइते भएकामा भदौमा घाइते हुनेको संख्या बढेर १३५ पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

प्रहरीका अनुसार दुवै महिनामा दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ । साउनका ३९ मध्ये ३० र भदौका ८८ मध्ये ७८ दुर्घटना चालकको लापरबाहीका कारण भएका थिए ।

यात्रुको हेलचेक्र्याइँ, सडकको अवस्था, सवारीसाधन र चौपायाका कारण पनि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले भदौमा ९५६ सवारीसाधन जाँच गरेको थियो । कारबाहीमा परेका २ हजार २३२ सवारीसाधनबाट २३ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×