गल्छी–स्याफ्रुबेँसी सडक असोजभित्र सञ्चालन गर्ने तयारी

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १८:०९

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको सडकखण्ड यही असोजभित्र सञ्चालनमा ल्याउने गरी सरकारले मर्मत तथा पुनर्निर्माणको काम तीव्र बनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत सम्पन्न भइसकेको छ। सोही सडकखण्डअन्तर्गत देवीघाटमा एक्रो ब्रिजसमेत जडान गरिएको छ।

Advertisement

विदुरमा क्षतिग्रस्त सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्र्याक खोल्ने काम सुरु गरेको छ। यस्तै, रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडानका लागि फाउन्डेसन निर्माण सुरु गरिएको छ।

बेत्रावती–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकखण्डमा भने तत्काल ठूलो समस्या नरहेको सचिवालयले जनाएको छ। स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक तयारी भइरहेको छ।

स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको सडकखण्ड भने पूर्णरूपमा क्षतिग्रस्त भएको छ। उक्त क्षेत्रमा नयाँ सडक निर्माणका लागि सर्वेक्षण सुरु भइसकेको छ।

बाढीबाट क्षतिग्रस्त सडकलाई तत्काल सञ्चालनमा ल्याउनुका साथै यस क्षेत्रमा दीर्घकालीन रूपमा स्थायी सडक निर्माण गर्ने तयारीसमेत सरकारले गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
दुई महिने राष्ट्रिय जनअभियान चलाउने नेकपा संयोजन समितिको निर्णय
गल्छी–स्याफ्रुबेँसी सडक असोजभित्र सञ्चालन गर्ने तयारी
खुकुरी देखाएर आतंक मच्चाउने युवाको साथमा भेटियो गोली र बारुद
दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार
मोरङमा पक्राउ परेका युवा–युवती : श्रीमान–श्रीमतीका रुपमा बसे, लागुऔषधको दलदलमा फसे
श्रमिकको न्यूनतम पारिश्रमिकभन्दा कम दरमा सम्झौता नगर्न सर्वोच्चको आदेश
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
झापामा सवारी दुर्घटना बढ्यो
प्रदेश सभा सदस्य काफ्लेलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
सेयर बजार ७ अंकले बढ्यो
खाँदबारी–सभा खोला सडक दैनिक ९ घण्टा बन्द
खाँदबारी–सभा खोला सडक दैनिक ९ घण्टा बन्द
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×