नेपालले न्युयोर्कमा उठाउनेछ जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार ०६:४४

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय राजनीतिक बहस सुरु भएको छ । विश्वका सरकार प्रमुख तथा प्रतिनिधिहरू एकै ठाउँमा भेला भएर युद्ध, आणविक हतियारको जोखिम, गरिबी, जलवायु परिवर्तन र त्यसबाट सिर्जित मानवीय संकटलगायत विषयमा छलफल गरिरहेका छन् ।

‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने मूल नारासहित सुरु भएको महासभामा नेपालले पनि आफ्ना प्राथमिकताका विषय विश्व समुदायसमक्ष राख्ने भएको छ । अर्थात्, नेपालले न्युयोर्कमा जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल उठाउनेछ ।

Advertisement

उच्चस्तरीय राजनीतिक बहसमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको छ । प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत भ्रमण दलका सदस्य तथा मिसनका कर्मचारी छन् ।

महासभाको कार्यक्रमअनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बिहीबार अपराह्न उच्चस्तरीय राजनीतिक बहसलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री मंगलबार साँझ नै न्युयोर्क प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्रीको सम्बोधनमा जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको असर, जलवायु न्याय तथा हानि तथा नोक्सानी कोषको विषय प्राथमिकतामा रहने जनाइएको छ ।

नेपालले विश्व शान्ति, असंलग्नता, दिगो विकासका लक्ष्य, लैंगिक सहभागिता र समावेशितालगायत विषयमा समेत आफ्नो धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने तयारी गरेको छ । जलवायु परिवर्तनको असरबाट नेपालले भोगिरहेका समस्या अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै प्रभावित मुलुकका लागि न्यायपूर्ण सम्बोधन र स्रोतको पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा नेपालले जोड दिने बताइएको छ ।

महासभाको उच्चस्तरीय बहसमा सहभागी मुलुकका प्रतिनिधिहरूले विश्वमा बढिरहेका द्वन्द्व, आणविक हतियारको जोखिम, चरम गरिबी तथा जलवायु संकटका कारण बढ्दो मानवीय र पूर्वाधार क्षतिका बारेमा आ–आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।

तपाइको प्रतिक्रिया
अमेरिकाको थप ३१ मिलियन सहयोग
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
इलाममा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीतिक दौडधुप, माल्दिभ्स र स्लोभाकसँग सहकार्य विस्तारमा जोड
नेपालले न्युयोर्कमा उठाउनेछ जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन हुँदैन
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज
महासभामा जलवायु मुद्दा उठाउन प्रधानमन्त्री न्यूयोर्कतर्फ
दुई महिने राष्ट्रिय जनअभियान चलाउने नेकपा संयोजन समितिको निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×