
विराटनगर । ताप्लेजुङमा भिरबाट लडेर बुधबार दिउँसो एक पुरुषको मृत्यु भएको छ ।
सिरिजंघा गाउँपालिका–३ कुन्जरीका ५५ वर्षीय मनराज लक्साम्बा लिम्बूको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बुधबार दिउँसो करिब २ः४५ बजेतिर भिरबाट करिब १ सय मिटर तल खसेका थिए ।
भिरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

























