पदयात्रा र पर्वतारोहणमा उच्च सतर्कता अपनाउन आग्रह

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार ०८:५४

काठमाडौं । पर्यटन विभागले असोज ८ देखि १२ गतेसम्म पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले सूचना जारी गर्दै उक्त अवधिमा देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।

Advertisement

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै पर्यटन विभागले भारी वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाएको छ।

मौसम प्रणालीको प्रभाव पदयात्रा तथा हिमाल आरोहणमा पर्न सक्ने भएकाले पर्वतारोही, पदयात्री तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

विभागले सम्भव भएसम्म उक्त अवधिमा पदयात्रा तथा पर्वतारोहण नगर्न र नगराउन आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भए आवश्यक सावधानी अपनाएर सुरक्षित रूपमा यात्रा गर्न पनि विभागले अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×