सीता एयरको जहाज धावनमार्गमै दुर्घटना, सबै यात्रु सकुशल

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १०:००

काठमाडौं । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज धावनमार्गमै दुर्घटना भएको छ।

१३ जना यात्रु बोकेको जहाजको पछाडिको दायाँतर्फको टायर फुस्किएपछि बिहान ८:२५ बजे धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

Advertisement

डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल गिरीका अनुसार जहाजमा रहेका सबै यात्रु सकुशल छन्। जहाजमा सात जना विदेशी नागरिकसमेत रहेका थिए।

जहाज धावनमार्गमै रोकिएपछि जुफाल विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। अन्य जहाज अवतरण गर्न नसकेपछि विमानस्थलको उडान सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ। धावनमार्गबाट जहाज हटाउने तथा आवश्यक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×