मोरङको धनपालथानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १०:५१

विराटनगर । हुलाकी सडक खण्डअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–४ आनन्द इँटाभट्टानजिकै मिनी ट्रकले बुधबार राति मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ क २१० नम्बरको मिनी ट्रकले बाटोमा रोकिराखेको को ३ प २१८९ नम्बरको मोटरसाइकललाई राति ८ः५५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–४ का अन्दाजी ४० वर्षीय प्रकाश मण्डलको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।

Advertisement

न्यौपानेका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ राति ९ः३५ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको उनले बताए ।

दुर्घटनापछि ट्रक लिएर चालक फरार भएका थिए । खोजी गर्ने क्रममा ट्रकसहित चालक मोरङको कटहरी गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विष्णु ताजपुरियालाई प्रहरीले कटहरी–४ बाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×