पृथ्वी राजमार्गमा राति सवारी साधन चलाउन रोक

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज ८, बिहीबार १६:१५

धादिङ । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।

जल तथा मौसम विज्ञान विभागले धादिङसहित आसपासका क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार आज (बिहीबार) राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द हुनेछ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले जारी गरेको सूचनामा यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.