बाढीपीडितको उद्धार र पुनर्निर्माणमा नेपालसँगै छौँ : अस्ट्रेलियाली प्रधानमन्त्री

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार ०९:४७

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणमा अस्ट्रेलिया नेपालसँगै रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भएको भेटमा अल्बानिजले यस्तो प्रतिबद्धता जनाएका हुन्।

भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले विपद्को यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएका छन्। उनले बाढीबाट प्रभावितप्रति अस्ट्रेलियाका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दै हालसम्म अस्ट्रेलियाले गरिरहेको सहायता प्रयासबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएको उल्लेख गरेका छन्।

बाढीमा केही अस्ट्रेलियाली नागरिकसमेत बेपत्ता भएको उल्लेख गर्दै अल्बानिजले उनीहरूका परिवार र आफन्तप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्। अत्यावश्यक परेको ठाउँमा सहयोग पुर्‍याउन अस्ट्रेलियाले नेपालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग साइडलाइन भेटवार्ता सुरु गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×