इलाममा ३६ घण्टादेखि वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १०:१६

इलाम । इलाममा ३६ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेको छ। लगातार पानी परे पनि अहिलेसम्म जिल्लाभर कुनै ठूलो विपद्को घटना भएको छैन।

मेची राजमार्गअन्तर्गत राजदुवाली सडकमा साना सवारीसाधन सञ्चालन भइरहेका छन्। इलाम–झापा फास्ट ट्र्याकमा भने हिलोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ।

सिमलगोले–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलामा पानीको बहाव बढेपछि सवारीसाधन सञ्चालन गर्न कठिन भएको छ।

हाल इलामको माथिल्लो जोगमाईस्थित पावर हाउसअघि नदीको बहाव सामान्य बाढीको अवस्थामा रहेको जनाइएको छ। माइबेनी, राजदुवालीलगायत तल्लो नदी तटीय क्षेत्रमा भने सतर्क रहन आग्रह गरिएको छ।

अहिले नै आतंकित हुनुपर्ने अवस्था नरहेको भए पनि निरन्तर वर्षाका कारण नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×