अरुण-३ को ड्राइभर्सन टनेलबाट पानी बग्दा जोखिम

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १५:२२

संखुवासभा । लगातारको वर्षाका कारण संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको ड्राइभर्सन टनेलबाट पानी ‘ओभरफ्लो’ हुन थालेको छ ।

टनेलबाट निस्किएको पानी अस्थायी बाँधसमेत पार गरेर बग्न थालेपछि आयोजनास्थल र आसपासका संरचनामा जोखिम बढेको छ ।

Advertisement

लगातार वर्षा भइरहे नदी तथा खोलामा पानीको सतह थप बढ्न सक्ने भएकाले आयोजनास्थल आसपास सतर्कता बढाइएको छ । पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने जोखिमका बीच आसपास क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×