मुग्लिन-नारायणगढ सडक भासियो, एकतर्फी यातायात सञ्चालन

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार ०९:४०

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएको छ। त्रिशूली नदीको कटानका कारण सडकको करिब आधा भाग भासिएको हो।

सडक भासिएपछि उक्त स्थानमा एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

Advertisement

सडक डिभिजन कार्यालयले सडकको अवस्था जोखिमपूर्ण रहेकाले चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×