नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार ०७:५९
नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

नेपालगन्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डन्डा लगिएको छ ।

घाइते हुनेमा गोरखा–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा–१ की २० वर्षीया आकृति, बाजुरा स्वामीकार्तिक–५ का ३२ वर्षीय पवन बुढा, बर्दिया राजापुर–९ का २८ वर्षीय सञ्जय थारु, बाजुरा स्वामीकार्तिक–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँके नेपालगन्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान वनगाड कुपिण्डे–१ का २१ वर्षीय अनिल बुढाथोकी रहेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×