कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित ‘हेल्थ डेस्क’

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १२:१०

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) सञ्चालनमा ल्याइने भएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिलाई सामान्य स्वास्थ्य परीक्षणदेखि आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल खुलामञ्चको पश्चिमतर्फ पाँचवटा कक्ष रहने गरी हेल्थ डेस्क तयार गरिएको छ ।

हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ । त्यहाँ चिकित्सक, पारामेडिक्स र नर्ससहितका स्वास्थ्यकर्मी खटिनेछन् । प्रतिनिधिहरूको मधुमेह र उच्च रक्तचाप जाँचसँगै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइने डा. केसीले बताए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीका अनुसार आकस्मिक उपचार आवश्यक परे प्रतिनिधिलाई नजिकका अस्पतालमा लैजाने व्यवस्था पनि मिलाइएको छ । त्यसका लागि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालसँग समन्वय गरिएको छ ।

महाधिवेशनस्थलमा आकस्मिक अवस्थाका लागि दुईवटा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×