विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १९:१५

काठमाडौं । विदेशमा रहेका नेपालीले यस वर्षको बडादसैँको टीका कुन दिन र कति बजे लगाउने भन्ने अन्योल अब हटेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न २३ देशमा टीका लगाउने उत्तम साइत निर्धारण गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार विदेशमा रहेका नेपालीको सुविधालाई ध्यानमा राखेर सम्बन्धित देशको स्थानीय समयअनुसार टीकाको साइत निर्धारण गरिएको हो । नेपालमा भने बडादसैंको टीका कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा लगाउने उत्तम साइत निर्धारण गरिएको छ ।

विदेशमा एउटै समयमा दसैँको टीका लगाउन नमिल्ने भएकाले स्थानीय समयअनुसार साइत फरक–फरक निर्धारण गरिएको समितिले जनाएको छ । दसैँको टीकाको साइत निर्धारण गर्दा सम्बन्धित स्थानको सूर्योदय र दशमी तिथिको अवस्थालाई मुख्य आधार बनाइन्छ ।

यसै कारण नेपालमा टीकाको साइत जुन समयमा पर्छ, विदेशका सबै नेपालीले त्यही समयमा टीका लगाउनुपर्ने हुँदैन । सम्बन्धित देशमा दशमी तिथि र सूर्योदयको अवस्था हेरेर स्थानीय समयअनुसार साइत तय हुने गरेको समितिले जनाएको छ ।

समितिले सार्वजनिक गरेको साइतअनुसार विभिन्न मुलुकमा रहेका नेपालीले आफ्नो स्थानका लागि तोकिएको समयमै टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सक्नेछन् ।

यस्तो छ विदेशको साइत

तपाइको प्रतिक्रिया
बिर्तामोडमा फर्निचर पसलमा आगलागी, एक जना घाइते
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×