
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीका षड्यन्त्र चिर्न नसक्दा पार्टी गत निर्वाचनमा पछि परेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई आज (सोमबार) सम्बोधन गर्दै ओलीले आन्दोलन र क्रान्ति सीधा रेखामा नहिँडी बक्र रेखाबाट अघि बढ्ने बताए। उनले विरोधीलाई टिक्नै नदिने गरी पार्टी अघि बढ्नुपर्नेमा जोड दिए ।
‘यस पटक हामीले विरोधीका षड्यन्त्रलाई चिर्न सकेनौँ, पराजित गर्न सकेनौँ,’ ओलीले भने, ‘त्यसकारण हामी पछाडि पर्यौं ।’
ओलीले विरोधीका षड्यन्त्रलाई निष्प्रभावी बनाउँदै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।

























