जनकपुरमा पसल तोडफोड गरेको आरोपमा युट्युबर पक्राउ

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १६:४६

जनकपुरधाम । मादक पदार्थ सेवन गरी पसलको बोर्ड, घरको रेलिङ र गमला तोडफोड गरेको आरोपमा प्रहरीले पत्रकार तथा युट्युबर ध्रुव झालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरीको मनरासिस्वा नगरपालिका–१० घर भएका करिब ४० वर्षीय झा हाल जनकपुरधाम उपमहानगरपालिका–४ स्थित न्युरो अस्पतालनजिक बस्दै आएका छन् ।

प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालका अनुसार असोज २३ गते राति करिब ८ बजे जनकपुरधाम–४ मा सुभाष मण्डलले सञ्चालन गरेको पसलमा तोडफोड भइरहेको सूचना प्राप्त भएको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले झालाई पसलको बोर्ड, घरको रेलिङ र गमना तोडफोड गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार झालाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि हातपात गर्नुका साथै अभद्र व्यवहारसमेत गरेका थिए । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×