४ अंकले बढ्यो शेयर बजार

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १७:०३

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज (सोमबार) बढेको छ । आज नेप्से ४ अंकले बढेको हो । बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १०५ वटा कम्पनीको शेयर बढेकोमा १६५ वटाको घटेको छ । यस्तै धौलागिरि लघुवित्त र स्नो रिभर्सको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर झन्डै साढे ६ प्रतिशतले घटेको छ ।

आज ३५४ वटा कम्पनीको १ करोड २७ लाख कित्ता शेयर ४ अर्ब ४६ करोड रुपैयाँमा कारोबार भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×