महानवमीमा विराटनगरदेखि रंगेलीसम्म १०औँ निशान ध्वजा पैदल यात्रा हुने

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १४:५२

विराटनगर । विराटनगरस्थित काली मन्दिरदेखि प्राचीन रंगेलीको काली मन्दिरसम्म आयोजना हुँदै आएको निशान ध्वजा पैदल यात्रा यस वर्ष कात्तिक ३ गते महानवमीका दिन हुने भएको छ । विगत नौ वर्षदेखि हुँदै आएको यात्राको यो १०औँ संस्करण हो ।

आयोजकका अनुसार विराटनगरबाट हातमा निशान ध्वजा र झण्डा लिएर सुरु हुने यात्राले करिब २३ किलोमिटर दूरी तय गर्नेछ । विभिन्न स्थानमा विश्राम गर्दै रंगेलीस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर निशान ध्वजा अर्पण गरिनेछ ।

यात्राका क्रममा जीवन विकासको कार्यालयअगाडि चिया–पानी कार्यक्रम, सेलो मिल जुडी पुलछेउ, रामचोक पूर्व, दादरबैरियास्थित वसन्त राजवंशीको काँटाकोला, आनन्द इँटाभट्टा, किसान अग्रवालको मिल, कर्सिया नहर, बेतौना चोकस्थित सन्तोष रौनियारको गोला तथा संसारीमाईलगायतका स्थानमा विश्राम गरिनेछ ।

यस वर्षको यात्रामा करिब आठ हजार निशान ध्वजा यात्री र अन्य १० हजार गरी कुल १८ हजार जनाको सहभागिता रहने आयोजकको अनुमान छ । निशान ध्वजा यात्रीबाट प्रतिव्यक्ति ३०० रुपैयाँ सहभागिता शुल्क लिइनेछ भने अन्य खर्च दाताबाट संकलन गरिनेछ ।

यात्रा व्यवस्थापनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यात्रा सम्पन्न भएपछि रङ्गेलीस्थित काली मन्दिर परिसरको धर्मशालामा सहभागी सबैका लागि निःशुल्क प्रसाद तथा भोजनको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

१०औँ निशान ध्वजा पैदल यात्राको मूल व्यवस्थापन समितिले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यात्राको समाचार प्रकाशन तथा प्रसारण गर्न र कार्यक्रममा सहभागी भई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि भेटियो
महानवमीमा विराटनगरदेखि रंगेलीसम्म १०औँ निशान ध्वजा पैदल यात्रा हुने
सातै प्रदेशबीच विकास साझेदारी गर्ने सहमति, मुख्यमन्त्री मञ्च गठन गरिने (घोषणापत्रको पूर्णपाठसहित)
दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, २४ घण्टामा ७८ हजार बाहिरिए
सांसद खगेन्द्र सुनारमाथि प्रहरीको आन्तरिक अनुसन्धान
उदयपुरमा करेन्ट लागेर वृद्धको मृत्यु
एसियन गेम्सका पदक विजेताले पाए पुरस्कार
विराटनगरमा फुटपाथमै प्रभु बैंकको स्कार्पियो, पैदलयात्री सडकमा हिँड्न बाध्य
मदनकृष्णको जीवनकथा अब ठूलो पर्दामा
कोशीको नाम परिवर्तनदेखि मुकुमलुङको केवलकार रोक्नेसम्मका माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×