मदनकृष्णको जीवनकथा अब ठूलो पर्दामा

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १२:२७

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित चलचित्र ‘म मदनकृष्ण’को छायांकन तीव्र गतिमा अघि बढिरहेको छ। आफ्नै जीवनका विभिन्न पाटोलाई पर्दामा उतार्न लागिएको चलचित्रको छायांकन हेर्न मदनकृष्ण स्वयं सेटमा पुगिरहेका छन्। पहिलो चरणअन्तर्गत काभ्रेको धुलिखेलमा भएको छायांकनका क्रममा उनले कलाकार तथा निर्माण टोलीसँगै बसेर दृश्यहरूको अवलोकन गरेका हुन्।

चलचित्रको छायांकन भइरहँदा मदनकृष्णले विभिन्न दृश्य हेर्नुका साथै आवश्यक सुझावसमेत दिइरहेका छन्। निर्देशक मिलन चाम्सका अनुसार आफ्नै जीवनमा आधारित चलचित्रको काम देख्दा मदनकृष्ण भावुक भएका छन् भने निर्माण भइरहेको कामप्रति सन्तुष्टिसमेत देखिएका छन्।

निर्देशक चाम्सले कथाका वास्तविक पात्र नै छायांकनस्थलमा उपस्थित हुँदा चलचित्र निर्माणमा थप सहजता भएको बताए। मदनकृष्णको जीवनका वास्तविक अनुभव र घटनालाई पर्दामा उतार्न उनको उपस्थितिले सहयोग पुगेको निर्माण पक्षको भनाइ छ।

पहिलो चरणको छायांकन सम्पन्न भइसकेको छ। निर्देशक चाम्सले दसैँलगत्तै चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिने जानकारी दिएका छन्।

चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन्। उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारीले अभिनय गरिरहेकी छन्। त्यसैगरी, मदनकृष्णका लामो समयदेखिका कलाकारिताका सहयात्री हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री प्रस्तुत हुनेछन्। हरिवंशकी श्रीमतीको भूमिकामा भने वर्षा राउत देखिनेछिन्।

मदनकृष्णको जीवनका सुख–दुःख, संघर्ष र विभिन्न आरोह–अवरोहलाई समेटेर चलचित्र निर्माण भइरहेको छ। उनको व्यक्तिगत जीवनदेखि कलाकारितासम्मका महत्त्वपूर्ण पक्षलाई समेट्ने लक्ष्य राखिएको यस बायोपिकको निर्देशन मिलन चाम्सले गरिरहेका छन्। चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन्।

‘म मदनकृष्ण’मा मुख्य कलाकारसँगै राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारको पनि अभिनय रहनेछ। बाल कलाकारका रूपमा जेविस र जेविन श्रेष्ठले अभिनय गर्नेछन्।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। चलचित्रको छायांकन निर्देशन (डीओपी) पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ)ले सम्हालेका छन् भने सम्पादनको जिम्मेवारी मिलन श्रेष्ठले लिएका छन्।

निर्माण पक्षका अनुसार चलचित्र ‘म मदनकृष्ण’ आगामी चैत ४ गतेदेखि प्रदर्शनमा आउनेछ।

तपाइको प्रतिक्रिया
एसियन गेम्सका पदक विजेताले पाए पुरस्कार
विराटनगरमा फुटपाथमै प्रभु बैंकको स्कार्पियो, पैदलयात्री सडकमा हिँड्न बाध्य
मदनकृष्णको जीवनकथा अब ठूलो पर्दामा
कोशीको नाम परिवर्तनदेखि मुकुमलुङको केवलकार रोक्नेसम्मका माग
देवानगन्जमा ५७ किलो गाँजा बरामद, मोटरसाइकल चालक फरार
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित, उजुरीमाथि अध्ययन गरिने
कांग्रेसमा आदिवासी जनजातितर्फका २० उम्मेदवार निर्वाचित
प्रदेशको समृद्धिका लागि सहकार्यको खाका : एउटाको उत्पादन, अर्काको प्रशोधन र अर्कोबाट निर्यात
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब संकलन
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×