नेपाल टेलिकमको फाइबर इन्टरनेट अब ४ हजार ९९९ रुपैयाँमा

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ०९:३७

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले आज (शुक्रबार) देखि चार हजार ९९९ रुपैयाँमै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सुलभ दरको साना इन्टरनेट प्याकेज बन्दको घोषणा गरे पनि नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज कार्यान्वयनमा ल्याएको हो । टेलिकमका अनुसार सो प्याकेजको वार्षिक शुल्क रु चार हजार ९९९ तोकिएको छ ।

टेलिकमले ‘फाइबर टु द होम’अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि वाइफाई ६ मा नायँ प्याकेज उपलब्ध गराउने भएको छ । जसअनुसार वार्षिक इन्टरनेट र टेलिफोन प्याकेज जडान गर्दा १०० एमबिपिएसको ११ हजार ४९९ र १५० एमबिपिएसको १२ हजार ९९९ शुल्क लाग्ने टेलिकमका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए ।

टेलिकमले २०० एमबिपिएसको इन्टरनेट १६ हजार ४९९ मा उपलब्ध गराउनेछ । वार्षिक ग्राहकका लागि दैनिक ८०० देखि १००० एमबी मोबाइल डाटासमेत निःशुल्क उपलब्ध हुनेछ । यी प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क नलाग्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
दसैँमा गाउँ फर्किनेको लर्को
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×