फुटबल र ह्यान्डबल खेल्न नेपाली टोली चीन र बंगलादेश जाँदै

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ०९:५४

काठमाडौं । आईएसएफ फुटबल वर्ल्डकपमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज (शुक्रबार) चीन प्रस्थान गर्दैछ। यस्तै, आईएचएफ नेसन्स महिला ट्रफी जोन–२ मा प्रतिस्पर्धा गर्न नेपाली महिला ह्यान्डबल टोली भोलि बंगलादेश जाने भएको छ ।

चीनमा हुने फुटबल प्रतियोगिताको २९औँ संस्करण भोलिदेखि कात्तिक ९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङ्बो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधर छन्। टोलीका खेलाडी १६ देखि १८ वर्ष उमेर समूहका छन् ।

टोलीमा विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की छन्। अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठसहित रामकृष्ण महर्जन, पशुपति अधिकारी, भुवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई छन् । थमन भुसाल र सन्तोष न्यौपाने प्रशिक्षकका रूपमा टोलीसँग जानेछन् ।

यसैगरी, बंगलादेशको ढाकामा हुने आईएचएफ नेसन्स महिला ट्रफी जोन–२ मा नेपाली महिला ह्यान्डबल टोलीले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता पर्सिदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ । बन्दना राईको कप्तानीमा रहेको नेपाली टोलीमा उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राना छन्। टोलीका प्रशिक्षक सुशील अधिकारी हुन् ।

अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आईएचएफ)को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत, माल्दिभ्स, यमन र अफगानिस्तान सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×