दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : राष्ट्रपति पौडेल

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक १, शनिबार ०६:५४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव, क्षमा, भाइचारा र राष्ट्रिय एकतालाई सुदृढ बनाउनुका साथै नेपालको सांस्कृतिक पहिचान संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

उनले दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक मान्यतालाई स्मरण गर्दै दसैँ अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको प्रतीक भएको उल्लेख गरेका छन्।

यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले बाढी प्रभावितको पुनः स्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्नसमेत अपिल गरेका छन्।

तपाइको प्रतिक्रिया
दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : राष्ट्रपति पौडेल
दसैँका सातौँ दिन विराटनगरमा भित्र्याइयो फूलपाती (फोटो फिचर)
नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, दसैँ घरमा फूलपाती भित्र्याइँदै
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×