नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, दसैँ घरमा फूलपाती भित्र्याइँदै

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक १, शनिबार ०६:४५
दसैँका सातौँ दिन विराटनगरमा भित्र्याइयो फूलपाती (फोटो फिचर) तस्बिरः फायल

काठमाडौं । बडादसैँको उल्लाससँगै नवरात्रको सातौँ दिन आज देशभर नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ । असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने दसैँमा आजै शुभ साइतअनुसार दसैँ घर तथा पूजा कोठामा फूलपाती भित्र्याउने परम्परासमेत रहेको छ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा आराधना गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार काललाई समेत नष्ट गर्न सक्ने शक्तिस्वरूपा भएकाले देवीको यस रूपलाई कालरात्रि भनिएको हो। कृष्ण वर्ण र भयंकर स्वरूपकी देवीका रूपमा वर्णन गरिएकी कालरात्रिलाई दुष्ट शक्तिको विनाश तथा भक्तजनको रक्षा गर्ने देवीका रूपमा पुजिन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौको जमरा राखेर सुरु भएको दुर्गा पूजा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको आराधनापछि आज सातौँ दिन कालरात्रिको पूजामा आइपुगेको हो।

नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने गरिन्छ। देवीको श्रद्धापूर्वक आराधना गर्नाले शक्ति, ऐश्वर्य, विद्या र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन दुर्गा भवानीको विशेष पूजा आराधना गर्छन्।

नवरात्रको सातौँ दिन फूलपाती भित्र्याउने परम्पराले पनि विशेष महत्त्व राख्छ। वैदिक विधिअनुसार शुभ साइतमा फूलपाती भित्र्याएर दसैँ घरमा स्थापना गरिन्छ। फूलपाती भित्र्याएसँगै दसैँको रौनक थप बढ्ने गर्छ।

नवदुर्गाका नौ स्वरूपमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।

नवरात्रका नौ दिन देशभरका शक्ति पीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ। नौ दिनसम्म देवीको पूजा गरी चढाइएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ। यसरी नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक भेटघाट, सद्भाव र सांस्कृतिक उत्सवका रूपमा बडादसैँ १५ दिनसम्म मनाइन्छ।

तपाइको प्रतिक्रिया
दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : राष्ट्रपति पौडेल
दसैँका सातौँ दिन विराटनगरमा भित्र्याइयो फूलपाती (फोटो फिचर)
नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, दसैँ घरमा फूलपाती भित्र्याइँदै
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×