विजया दशमीमा देशभरको मौसम मुख्यतया सफा रहने

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ४, बुधबार ०७:३१
कोशीसहित तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बडादशैंको दिन आज (बुधबार) देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराई क्षेत्रको मौसम सफा रहनेछ ।

हिमाली क्षेत्रका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । बुधबार राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ । तराईका केही स्थानमा भने बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

त्यसैगरी, दशैंको भोलिपल्ट बिहीबार दिउँसो पनि हिमाली र पहाडी भेगमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×