कुन देशमा कति बजे छ टीकाको साइत ?

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ४, बुधबार ०९:२९

काठमाडौं । बडादसैँ अन्तर्गत बुधबार विजयादशमीको दिन हो । नेपालमा टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा छ । नेपालबाहिर भने फरक मिति र समयमा टीकाको साइत पर्ने गरेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि फरक फरक साइतहरू निकालेको हुन्छ ।

यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक गरिसकिएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित २३ देशका लागि पनि बडादसैँको टीकाको साइत सार्वजनिक भएको छ ।

विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।

त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । जस्तै नेपालमा ४ कात्तिक अर्थात् २१ अक्टोबरमा टिका हुँदा अमेरिकमा २० अक्टोबर चलिरहेको हुन्छ र साइत पनि सोही मितिमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×