विजयादशमीको टीका दिनभर लाउन मिल्ने

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ४, बुधबार १४:४४

काठमाडौं । बडादसैँको मुख्य दिन आज (बुधबार) विजया दशमीका अवसरमा मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो ।

समितिका अनुसार विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका ग्रहण गर्न दिनभर नै साइत जुर्नेछ । साइत खोज्नेहरूका लागि मात्र बिहानको समय तोकिएको हो । बिहान ८:४९ बजे दुर्गा विसर्जन गरेपछि सर्वसाधारणले टीका लगाउन थालेका छन् । घटस्थापनाका दिन राखिएको पूर्ण कलशको जलले अभिषेक गरेपछि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

टीका लगाउन टाढा जानुपर्नेहरूले दुर्गा विसर्जनलगत्तै टीका सुरु गरेका थिए । टीका ग्रहण गरेपछि धेरै सर्वसाधारण काठमाडौँ बाहिर जाने क्रम पनि देखिएको छ । यससँगै काठमाडौँबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालनमा रहेका छन् । विजया दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×