विश्वबजारमा पुग्यो नेपाली फिल्म ‘लालीबजार’

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार १४:०१

काठमाडौं । नेपाली चलचित्र ‘लालीबजार’ फूलपातीको अवसर पारेर ओटीटी प्लेटफर्म डिगो एपमा सार्वजनिक गरिएको छ। वैशाख २५ गतेदेखि हलमा प्रदर्शनमा आएको यो चलचित्र अब नेपालसहित विश्वभर रहेका नेपाली दर्शकले अनलाइनमार्फत हेर्न सक्ने भएका छन्।

आमा र छोरीको सम्बन्ध तथा शिक्षाको महत्त्वलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रलाई डिगो एपमार्फत विश्वव्यापी रूपमा सार्वजनिक गरिएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिए।

उनका अनुसार विभिन्न कारणले विदेशका धेरै स्थानमा चलचित्र प्रदर्शन गर्न नसकिएकाले ओटीटीमार्फत नेपाली दर्शकमाझ पुर्‍याउने निर्णय गरिएको हो। सामाजिक सञ्जालमार्फत पनि दर्शकले चलचित्र कहिले हेर्न पाइन्छ भनेर निरन्तर जिज्ञासा राख्दै आएको उनले बताए।

षट्कोण आट्र्सको निर्माण रहेको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ र अभय बराललगायत कलाकारले अभिनय गरेका छन्। यसै चलचित्रबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा पदार्पण गरेका छन्।

यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रको पटकथा र संवाद थापा तथा प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। भट्टराई कार्यकारी निर्माता रहेको चलचित्रमा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता छन्।

डिगो नेपाल सरकारबाट इजाजतपत्र प्राप्त सदस्यता आधारित ओटीटी स्ट्रिमिङ प्लेटफर्म हो। यसले नेपाली चलचित्र, वेब सिरिज, छोटा चलचित्र, प्रत्यक्ष क्रिकेट तथा फुटबल, टेलिभिजन कार्यक्रम, रियालिटी शो र सांगीतिक सामग्री उपलब्ध गराउँदै आएको छ।

पछिल्लो समय डिगोले ओएसआर डिजिटलसँग सहकार्य गर्दै दर्शकले हेर्न चाहेका नेपाली चलचित्रलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने योजना अघि बढाएको छ। यस अभियानको सुरुवात ‘लालीबजार’बाट गरिएको जनाइएको छ।

डिगोमा भारतीय ओटीटी प्लेटफर्म जियोहटस्टारका लोकप्रिय सिरिज तथा ला लिगा फुटबलका प्रत्यक्ष प्रसारणलगायत सामग्रीसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार डिगो एप १३ लाखभन्दा बढी पटक डाउनलोड भएको छ भने यसका मासिक सक्रिय प्रयोगकर्ता तीन लाख ५० हजारभन्दा बढी छन्। १५ भन्दा बढी देशमा दर्शक रहेको प्लेटफर्मको सदस्यता शुल्क मासिक २४९ रुपैयाँदेखि सुरु हुन्छ।

ओटीटीमा चलचित्र सार्वजनिक भएसँगै विदेशमा रहेका नेपाली दर्शकले समेत ‘लालीबजार’ हेर्ने अवसर पाएका छन्। यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने डिजिटल माध्यमको विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
इजरायलमा सत्ता संघर्ष तीव्र, नेतान्याहुलाई विपक्षीको चुनौती
विश्वबजारमा पुग्यो नेपाली फिल्म ‘लालीबजार’
बाढीपहिरोले घिरिङका सडक र बस्ती जोखिममा, मर्मतको पहल
त्रियुगामा स्यालको आतंक : १५ पशुचौपाया घाइते, गाउँले त्रसित
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
इरानमाथि नयाँ आक्रमणको तयारीमा अमेरिका, तेहरानले दियो कडा प्रतिकारको चेतावनी
देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ जना घाइते
प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक हिमालको आरोहण
अम्बे स्टिलमा आगलागी हुँदा १ करोडकाे
दशैंले धार्मिक सद्भाव र एकता बढाउँछ : बंगलादेशी राजदूत रहमान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×