कोशीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार ०६:३१
कोशीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । तराईमा मौसम सफा रहे पनि हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने क्रम जारी रहने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आइतबार (आज) कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना भने सीमित स्थानमा मात्र रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका साथै उपत्यका र खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, सोमबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। सोमबार कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×