वैदेशिक रोजगार ठगीका आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १०:३३

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी ठगी तथा अनियमिततामा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै हालसम्म सम्पर्कमा नआएका व्यक्तिलाई विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन भनेको हो । वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएका व्यक्तिलाई कानुनी प्रक्रियामा सहभागी हुन विभागले आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैंकिङ कारोबार रोक्का गर्नेलगायतका कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगारका नाममा झुटा आश्वासन दिने, अनधिकृत रकम असुल्ने, नक्कली मागपत्र पेस गर्ने तथा करारसम्बन्धी अनियमितता गर्ने गतिविधिबाट श्रमिक र तिनका परिवार आर्थिक तथा सामाजिक रूपमा प्रभावित हुँदै आएका छन् ।

विभागको सूचनाले यस्ता घटनामा आरोपितलाई कानुनी प्रक्रियामा ल्याएर अनुसन्धान तथा मुद्दासम्बन्धी काम अघि बढाउने प्रयासलाई जोड दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×