
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा विराटनगर किंग्सले टस जित्दै चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु भएकाे छ।
प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिएका छन्। विराटनगर किंग्स र चितवन राइनोज दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छन्।



















