पाँच दशमलव ४५ अंकले घट्यो नेप्से परिसूचक

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १६:४५

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अंकले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अंकले घटेर ४८७ दशमलव ६६ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अंकले घटेर १८६ दशमलव ६४ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १७ अंकले घटेर १६५ दशमलव १६ मा पुगेको छ । आज विभिन्न कम्पनीका दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता शेयर आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ मूल्यमा खरिद–बिक्री भएको छ । १ वटा उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घट्यो । आज १०२ कम्पनीको शेयर बढ्यो भने १६९ कम्पनीको शेयर घट्यो। त्यसैगरी आठ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार बेनी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी मेन्छियम हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, सोपान फार्मास्यूटिकल्स लगायतका लगानीकर्ताले गुमाएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.